बीबीसी नेपाली पडकास्ट
BBC Nepali Radio
0
समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्। यो पडकास्ट नेपाली भाषामा उपलब्ध छ।
Folgen
-
अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो? 30.01.2025 3Min.भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।
-
अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने 19.07.2023 4Min.नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।
-
अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश 30.06.2023 2Min.सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी
-
अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार? 29.06.2023 2Min.रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।
-
अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण 29.06.2023 3Min.ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए
-
अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था 28.06.2023 3Min.पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।
-
नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता 16.12.2021 12Min.पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी
-
नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता 18.11.2021 10Min.सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।
-
बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो? 19.05.2021 7Min.सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
-
नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी 24.03.2021 11Min.चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
-
हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो 17.03.2020 15Min.हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की
-
बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र 08.03.2020 15Min.कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस
-
नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेल 06.03.2020 8Min.नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल
-
ओली सरकारको काम कारबाही 29.02.2020 15Min.वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा
-
मातातीर्थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराई 27.02.2020 10Min.नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई
-
ओली सरकारका दुई वर्ष 23.02.2020 15Min.सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल
-
MCC बारे अमेरिकी राजदूत र्यान्डी बेरी 20.02.2020 10Min.नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।
-
सूचनाप्रविधि विधेयकको 'विवाद' 13.02.2020 15Min.सेतोपाटी डिजिटल पत्रिकाका सम्पादक अमित ढकाल र सांसद यज्ञ सुनुवारबीच बहस
-
पत्रकारलाई लाइसेन्स चाहिन्छ? 13.02.2020 14Min.सांसद ठगेन्द्रप्रकाश पुरी र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलबीच बहस।
-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानी 05.12.2019 8Min.सत्ताधारी नेकपाका एक अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयका बारे प्रवक्ता नारायण काजी श्रेष्ठसँगको कुराकानी
Beliebt in
Dieser Podcast erscheint auch in den Podcast-Charts dieser Länder.